टन्सिलको समस्याबाट सधैंको लागि छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

टन्सिलको समस्याबाट सधैंको लागि छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

परिचय

घाँटीको माथिल्लो भाग र मुखको पछाडिपट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो प्राकृतिक रुपमा बनेको एउटा ग्रन्थी वा डल्लो हो । यी डल्लो वा ग्रन्थीले हाम्रो शरीरमा पिल्लरको काम गर्छ ।

हाम्रो शरीरभित्र प्रवेश गर्ने किटाणुसँग लड्ने रोग प्रतिरोधक क्षमता नै यी ग्रन्थीमा हुन्छ । टन्सिल बच्चा बेलामा खासै विकास भएको हुँदैन । ६ वर्षसम्म टन्सिल बढ्छ र त्यसपछि विस्तारै घट्छ । यी दुई ग्रन्थीहरुले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ तर कहिलेकाँही आफै संक्रमण हुन्छ । यस्तो अवस्थामा घाँटी फुलेर रातो हुन्छ ।

मौसम परिवर्तनका समयमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा बढी सताउने गर्छ । टन्सिल ब्याक्टेरियाले गर्दा हो कि भाइरसले भन्ने छुट्टयाउनु पर्छ । यदि भाइरसका कारणले हो भने घाँटी दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने हुन्छ ।

त्यसलाई कम गर्न चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक खाएको ४ देखि ५ दिनमा निको हुन्छ। तर व्याक्टेरियाको संक्रमणले गर्दा घाँटी दुख्ने ग्रन्थी बढ्ने, ज्वरो आउने, पाक्ने तथा पिप जम्ने र शरीर दुख्ने तथा गिर्खा आउने जस्ता समस्या हुन्छ ।

व्याक्टेरियाले टन्सिल सुनिने वा गिर्खा बढ्ने हुन्छ । यस्तो समस्या आएमा चिकित्सकको सल्लाह बमोजिममात्र एन्टिबायोटिक सेवन गर्नुपर्छ । दीर्घकालीन रोगका बिरामीलाई पनि टन्सिल बढ्ने समस्या हुन्छ । टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन ।

पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल । यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

टन्सिल भयो भने यसो गर्ने ? जान्नुहोस:

तातो पानीले कुल्ला गर्ने, टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने। र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ।

बेसार पानी खाने:

बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं । बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।

तुलसी चपाउने :

तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ।

मह र दालचिनी :

दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

हर्बल चिया :

हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ। यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ।

लसुन या ल्वाङको प्रयोग :

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ। यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ। हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ।

चूक अमिलोको प्रयोग :

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

अत्याधिक पानी :

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।

चिकेन सुप :

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ । टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

टन्सिल भयो भने यसो कहिले नगर्नुहोस् :

टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।

टन्सिलको लक्षण :

घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने, थुक निल्न पनि गाह्रो हुने, ज्वरो आउने – टाउको दुख्ने, टन्सिलमा पिप देखिने, खाना खान मन नलाग्ने, आलस्य हुने, घाँटीको ग्रन्थीहरू सुन्निने, वान्ता हुने, पेट दुख्ने

लक्षणहरु :

१) सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुन्छ,
२) भोक नलाग्ने र अल्छि लाग्न सक्छ,
३) बिस्तारै ज्वरो आउन थाल्छ,
४) टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ,
५) त्यसपछि पनि निक्लिन थाल्छ,
६) पिप बग्ने वा सुजन हुनछ,

७) लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र

टन्सिलका कारण निम्तिन सक्ने जटिलता :

टन्सिल भएपछि बच्चाहरूको कान पाक्न सक्छ । घाँटीबाट संक्रमण कानको नलीमा सर्न सक्छ। रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने हुँदा मुटुमा असर गर्छ। टन्सिलको समस्यालाई समयमै उपचार नगरे यसबाट श्वासप्रश्वासमा समस्या बढ्न थाल्छ। टन्सिल समस्या बेलैमा राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ। बारम्बार घाँटीको संक्रमण भइराखेमा लिम्फोइड तन्तुमा सूक्ष्म पिप बग्न थाल्छ।

टन्सिल सम्बन्धि घरेलु थप जानकारी :

टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ। यसका साथै तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ। प्याजलाई पिसेर जुस निकालेर एक कप मनतातो पानीमा मिलाएर घाँटीमा गार्गेलिङ गर्ने गर्नु पर्छ। यो दिनमा २ देखि ३ पटकसम्म गर्नु जरुरी हुन्छ । टन्सिलकका लागि यो एक घरेलु औषधि नै हो।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ। जसले गलामा आराम मिल्छ। अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा आराम मिल्छ। यसका साथै आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन नगर्नु र चिसो बाट बच्नुका साथै चिल्लो खानेकुराको सेवनबाट टाढै रहुनुपर्छ।

Next Post Previous Post
1 Comments
  • kalebasacks
    kalebasacks March 4, 2022 at 9:27 AM

    This comment has been removed by a blog administrator.

Add Comment
comment url